News
2025-02-19
एक आमाको धन्यवाद: फ्रण्टलाइन् अस्पतालमा उपचार र निको हुने कथा !
"मेरो छोरो केही दिनअघि सम्म ठिकै थियो। अचानक उच्च ज्वरो आयो, जाडो कपकपी भयो, बान्ता हुन थाल्यो। केही समयमै उसको छाला कालो हुँदै पूरै शरीरभरि पोलेको जस्तो ब्लिस्टर देखियो। हामी धेरै अस्पताल धायौं, तर आवश्यक उपचारको सुविधा नभएकाले अन्ततः फ्रण्टलाइन् अस्पताल आउन सिफारिस गरियो।"
तारा बलामी, हाम्रो सानो बिरामीकी आमा, आफ्नो भावनात्मक यात्रा साझा गर्दै भन्नुहुन्छ। विभिन्न अस्पतालमा गएपछि अन्ततः फ्रण्टलाइन् अस्पताल आइपुग्दा डा. सुदीप केसी, डा. अञ्जली घिरैया, र डा. रोहन झा को अनुभवी टिमले उपचार सुरु गरे।
उनको छोरोलाई Steven Johnson Syndrome/Toxic Epidermal Necrolysis with Systemic Inflammatory Syndrome भएको थियो, जुन औषधीको गम्भीर एलर्जी प्रतिक्रिया थियो। परिवारका लागि यो निकै डर लाग्दो समय थियो, तर हाम्रो समर्पित टिमले गहन हेरचाह, २४ सै घण्टा निगरानी र माया ममता प्रदान गर्यो।
आज, उनका छोरा राम्रोसँग निको हुँदैछन्, र तारा बलामी अत्यन्तै खुसी हुनुहुन्छ। "फ्रण्टलाइन् अस्पताल ले मेरो छोराको ज्यान बचायो। डाक्टर र नर्सहरूको मिहिनेतलाई शब्दमा बयान गर्न सक्दिन," उहाँ भन्नुहुन्छ।
यही नै हाम्रो कर्तव्य हो।
By: Tara Balami (Patient's Mother)